आसन्न २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा सुरु भएको छ। साउन १८ देखि सुरु भएको बन्द प्रशिक्षणमा रहेका खेलाडी प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ ।
रोयलमा जुडो, उसु, महिला भलिबल, बक्सिङ, करातेको काता टोली, डान्स स्पोर्ट्स, साइक्लिङ, गल्फ, एथेटिक्स र आर्चरीका खेलाडी र प्रशिक्षकलाई राखिएको छ ।
पशुपतिमा करातेको कुमुते टोली, तेक्वान्दो, सफ्ट टेनिस, टेनिस, पौडी, स्क्वास, ब्याडमिन्टन र टेबलटेनिस टोलीलाई व्यवस्थापन गरिएको छ ।
१५ खेल मध्ये उसु, साइक्लिङ, गल्फ, तेक्वान्दो, टेनिस, पौडी र टेबलटेनिसका केही खेलाडी वैदेशिक प्रशिक्षणमा छन्।
त्यस्तै स्केटबोर्ड, कुस्ती, क्यानोइङ र पुरुष/महिला कबड्डीका सबै खेलाडी वैदेशिक प्रशिक्षणमा रहेका छन् ।
एसियाली खेलकुद जापानको आइची-नागोयामा असोज ३ गतेदेखि सुरु हुँदैछ । नेपालबाट विभिन्न २२ खेलमा ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुनेछन् ।