न्यु डायमण्ड युथ स्पोर्टस क्लबको एकेडेमीमा रहेका ५० खेलाडीलाई एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले स्टेसनरी सामग्री वितरण गरेको छ।
२३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नैकापस्थित न्यु डायमण्डको एकेडेमीमै पुगेर खेलाडीलाई व्याग, सेनिटरी प्याड भेन्डिङ मेसिन , प्याड, क्याप र स्टेसनरी उपलब्ध गराएको थियो।
एक्सपर्ट महाराजगन्जका प्रबन्ध निर्देशक जयराम अर्यालले खेलाडी व्यागलगायतका स्टेसनरी सामग्री वितरण गरेका थिए।
अर्यालले न्यु डायमण्डले महिला भलिबल खेलाडी उत्पादनमा पुर्याएको योगदानबाट प्रभावित भएर यसपटक सामाजिक उत्तरदायित्व अन्तर्गत न्यु डायमण्डका खेलाडीलाई सहयोग गर्ने निर्णय भएको बताए । उनले भविष्यमा पनि न्यु डायमण्डसँग सहकार्यको सम्भावना रहेको समेत बताए।
'हामीले विगतमा फुटबल, क्रिकेटलगायत अन्य खेलमा सहयोग गर्दै आएका थियौं। पहिलो पटक भलिबलमा सहकार्य गरेका छौं, अर्यालले भने,' न्यु डायमण्डमार्फत कुमार राई सरले गरेको काम सराहनीय छ। यहाँ आएर खेलाडीलाई भेट्न पाउँदा खुसी लागेको छ।'
क्लबका अध्यक्ष एवम् अध्यक्ष कुमार राईले एक्सपर्टलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य हुनेमा विश्वास व्यक्त गरे। न्यु डायमण्डमा आवासीय सुविधासहित ५० भन्दा बढी खेलाडीले नियमित भलिबल प्रशिक्षण गर्दै आएका छन्।
प्रबन्ध निर्देशक अर्यालले नेपालमा २८ वटा शाखा तथा २८ देशमा रहेका एक्सपर्टका ९३ शाखामा वाषिर्कोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम आयोजना गरिएको जानकारी दिए।