नेपाली पौडी टोलीले आसन्न २० औं एसियाली खेलकुदको तयारी भारतको बैंगलरुमा गर्ने भएको छ।
एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्ने छ।
खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन्।
प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । २० औं एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ ।