सन्तोषी श्रेष्ठले भारतको ओडिसामा भएको विश्व एथलेटिक्स कोन्टिनेन्टल टुर सिल्भर लेभल मिटमा कांस्य पदक जितेकी छन्।
उनले महिला ५ हजार मिटर दौड १७ मिनेट ३१.७५ सेकेन्डमा पूरा गरी कांस्य पदक जितेकी हुन्।
सोही प्रतियोगितामा सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाए।
उनले ८ सय मिटर दौडमा आफ्नै नाममा रहेको १ मिनेट ५०.२५ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन्।
उनले १ मिनेट ४९.५५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे।