Ncell
Setopati
x
Ing
Setopati
x
Ing
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, माघ १२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

माफ गर संविधान

Nmb
Nmb
देवेन्द्र पौडेल

देवेन्द्र पौडेल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

गणतन्त्रका विरोधीबाट नै

गणतान्त्रिक संविधान हाँकिएको छ

स्वतन्त्रताको हकको खिल्ली उडाउँदै

मण्डलामा जनताको डँडाल्नो भाँचिएको छ

कहिल्यै नछुट्टिने गरी जनतासामु भोकमरी गाँसिएको छ

रोग, भोकले मरिरहेका मान्छेको

राज्यले उल्लासमय मृत्युउत्सव मनाइरहेका बेला

Laxmi bank
Laxmi bank

माफ गर संविधान, हामी कसरी तिम्रो जन्मोत्सव मनाउन सक्छौं?

 

Ncell
Ncell

संविधानप्रदत्त मौलिक हकहरू

पलपल लुछिएका छन्

शासकहरू नै कमिसन र भ्रष्टाचारमा मुछिएका छन्।

महंगीले जनता आहात भइरहेका छन्

महामारीमा पनि शासक मुकदर्शक बनिरहेका छन्

जनताको मन जित्नेहरु हारिरहेका बेला

जनताबाट हारेकाहरूले जितिरहेका बेला

राज्यले उल्लासमय बेसारउत्सव मनाइरहेका बेला

माफ गर संविधान, हामी कसरी तिम्रो जन्मोत्सव मनाउन सक्छौं?

 

शासकको छायाँमा परेर न्याय

धरमर धरमर बनिदिन्छ

हजार रुपैयाँ घुस खाएको आरोपमा

एउटा सामान्य कर्मचारीको स्वाभिमानमाथि

चोट पुर्‍याइन्छ र आत्महत्या गर्न बाध्य पारिन्छ

अनि मृत्युपछि निर्दोषिताको प्रमाण पत्र दिइन्छ

करोड र अर्बका घोटालाहरू

राज्यको संरक्षणमा गुमनाम पारिन्छ

चाहिएको समय किसानले बिऊ मल पाउँदैनन्

दुखका बेला शासकहरु साथी बन्न आउँदैनन्

बाढीपहिरो पीडित रोइरहेका बेला

जनताले आँसुले शरीर धोइरहेका बेला

शासकहरू प्रत्येक दिन मृत्यु गणना मात्र गरेर बसिरहेका बेला

माफ गर संविधान, हामी कसरी तिम्रो जन्मोत्सव मनाउन सक्छौं?

 

साग बेच्ने दिदीको ठेला लडाउने

राम्रालाई हैन हाम्रालाई पद चढाउने

कोही भोकै मर्नु पर्दैन भन्दै गफ ठडाउने

हजारौं श्रमिक मजदुरलाई भोकै मराउने

शासकको स्तुतिमा जुट्न पाइने

जनआवाजलाई चुट्न पाइने

ठूला कुर्चीमा बस्नेहरू

जसले जति सक्छ लुट्न पाइने

अपहरण र भ्रष्टाचारका मतियारहरू

सिंहदरबार र बालुवाटारमा लुक्न पाइने

तिम्रो मर्म विपरीत यस्ता कुरा गरिँदै छ 

तिम्रो आदर्शमाथि अपराध छरिँदै छ

निर्मलामाथिको न्याय खोसिएका बेला

तिम्रो जन्मोत्सवको पूर्वसन्ध्यामा

अधिकार माग्ने र समाचार बटुल्नेमाथि

प्रहरीका बुट कोचिएका बेला

राज्यले जनतालाई खुच्चिङ गर्दै बसिरहेका बेला

माफ गर संविधान, हामी कसरी तिम्रो जन्मोत्सव मनाउन सक्छौं?

 

सपना त थियो नि हाम्रो

रगत, पसिना, त्याग र गौरवमय बलिदानले लेखिएका

तिम्रा स्वर्णिम अक्षरहरुलाई व्यवहारमा ढाल्न सकियोस्

उल्लास र उमंगमा रम्दै घरघरमा द्वीप बाल्न सकियोस्

तिम्रै आधार टेकेर पलपलमा समृद्धिका पाइला चाल्न सकियोस्

शुभकामना देऊ संविधान

तिमीलाई नरिवल ठान्नेहरूलाई

तिम्रो स्वाभिमानमाथि घात गर्नेहरूलाई

अब कहिल्यै उठ्न नसक्ने गरी ढाल्न सकियोस्।

अनि मनाउँला है तिम्रो भव्य जन्मोत्सव त्यो बेला

तर यसघडी,

राज्यले जनतालाई बेइमान गर्दै बसिरहेका बेला

माफ गर संविधान, हामी कसरी तिम्रो जन्मोत्सव मनाउन सक्छौं?

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १३:१६
सिफारिस
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो!
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो!
काठमाडौंको खानेपानी मुहानमा चुनावी परीक्षा दिइरहेका कुलमान घिसिङ
काठमाडौंको खानेपानी मुहानमा चुनावी परीक्षा दिइरहेका कुलमान घिसिङ
नारायणकाजीले सुरक्षित मानेको सर्लाही-३ मा कुन दलको शक्ति कति?
नारायणकाजीले सुरक्षित मानेको सर्लाही-३ मा कुन दलको शक्ति कति?
सुनसान बन्यो दरबारमार्ग (तस्बिरहरू)
सुनसान बन्यो दरबारमार्ग (तस्बिरहरू)
देश बनाउँछु भन्नेहरूले फैलाइरहेको सामाजिक विद्वेष
देश बनाउँछु भन्नेहरूले फैलाइरहेको सामाजिक विद्वेष
बालेनले मेयर हुँदा जे काम गरेनन्, त्यसको दोष अहिले दिँदैछन् भूमि आयोगलाई
बालेनले मेयर हुँदा जे काम गरेनन्, त्यसको दोष अहिले दिँदैछन् भूमि आयोगलाई
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

उज्यालो जापानको अँध्यारा कोठामा लुकेका चिसा सम्बन्ध!
प्रेम सम्बन्धमा मात्र सीमित मेरी उनी र उनको म!
विश्वास...
मौनताले हुर्काएको उज्यालो!
सफलता पछिको त्यो अपरिचित अनुहार!
त्यो अपराधीलाई मैले किन दिएँ उन्मुक्ति!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
राजन भट्टराई
कर्मचारीतन्त्र दोषी कि भाष्यको सिकार? राजन भट्टराई
garima bikash bank
garima bikash bank

ब्लग

दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
National life inner
National life inner
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
सुरेन्द्र राज जोशी
अस्तित्वको संकटमा हिमाली भिर मौरी! सुरेन्द्र राज जोशी

साहित्यपाटी

अस्मिता थापा
उज्यालो जापानको अँध्यारा कोठामा लुकेका चिसा सम्बन्ध! अस्मिता थापा
Hardik
Hardik
मन्जिल खनाल
प्रेम सम्बन्धमा मात्र सीमित मेरी उनी र उनको म! मन्जिल खनाल
side bar 17- shivam inner
side bar 17- shivam inner
मनिषा पाण्डे
विश्वास... मनिषा पाण्डे
किरण घिमिरे
मौनताले हुर्काएको उज्यालो! किरण घिमिरे

केटाकेटीका कुरा

यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP