अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
चितवनमा एमालेले शुक्रबारदेखि दसौं राष्ट्रिय महाधिवेशन गर्दैछ।
महाधिवेशनको पूर्वसन्ध्यामा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
आफू केन्द्रीय सदस्यमा उठ्ने उनले सेतोपाटीलाई बताइन्।
‘पार्टीमा युवाहरुको उपस्थिति बढाउनुपर्छ। समृद्ध नेपाल र सुखी नेपालीको सारथी बन्नुपर्छ भनेर मैले केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको हुँ,’ उनले भनिन्।
उनी गत असोजमा अनेरास्ववियूको अध्यक्ष बनेकी थिइन्। चैतमा अनेरास्ववियूको नयाँ नेतृत्वका लागि अधिवेशन हुँदैछ।