गायक प्रमोद खरेलको नयाँ गीत 'छाती चिरेर' सार्वजनिक भएको छ। हरि लम्सालको संगीत रहेको यो गीत गायक खरेलले आफ्नो युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरेका हुन्।
गीतको भिडियोमा गायक खरेलसँगै नायिका ऋचा शर्माको अभिनय छ। यो वियोगात्मक प्रेम गीतमा प्रमोद व्हील चेयरमा देखिएका छन् भने ऋचा उनकी श्रीमती बनेकी छिन्। निर्देशक गीतको भिडियो दिपक प्रसाद आचार्यको अवरधारणा र निर्देशनमा बनेको हो।
यो गीतको भिडियोमा सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। भिडियो, संगीत र गायन राम्रो भएको मानिएको यो गीतलाई केहीले गायक खरेलकै उत्कृष्ट गीतसमेत भनेका छन्।
खरेलका मुश्किल छ पोखरामा, ओइ झुमा जस्ता धेरै गीत चर्चित छन्।