भारतीय अभिनेत्री तथा मोडल नोरा फतेहीसँगै नेपाली कलाकारहरूले प्रस्तुति दिएका छन्।
शनिबार बेलुका काठमाडौंको बौद्धस्थित हायात ग्राउण्डमा आयोजित 'नोरा फतेही लाइभ इन नेपाल' मा नोरासँगै नेपाली कलाकारहरूले प्रस्तुति दिएका हुन्।
कन्सर्टमा नेपाली कलाकारहरू दुर्गेश थापासँगै 'भ्वाइस अफ नेपाल' को पछिल्लो सिजनका उत्कृष्ट ५ फाइनलिस्टले प्रस्तुति दिए। त्यस्तै, सुशान्त खत्री, तेरिया फौजा मगर, समर्पण लामालगायतको पनि विशेष प्रस्तुति रह्यो।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था 'ह्युमन रेस्पेक्ट नेपाल' को सहयोगार्थ कार्यक्रम गरिएको थियो। कार्यक्रममा नोरासहित नेपाली कलाकारहरूको प्रस्तुति हेर्न हजारौं दर्शकको उपस्थिति रह्यो।
-1747550765.jpeg)
-1747550765.jpeg)
-1747550766.jpeg)
-1747550764.jpeg)
-1747550764.jpeg)
-1747550764.jpeg)
-1747550822.jpeg)
-1747550764.jpeg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी