नेपाल पर्यटन बोर्डले मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता फोटो नेपालका विजेताहरू घोषणा गरेको छ।
मे र जुन महिनाभर प्राप्त फोटोहरूले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई रचनात्मक ढंगले प्रस्तुत गरेको बोर्डले बताएको छ। यस संस्करणमा २४१ वटा फोटोहरू प्राप्त भएका र तीमध्ये उत्कृष्ट तीन तस्बिरहरू उत्कृष्ट भएको घोषणा बोर्डले गरेको छ।
यी हुन्:
'लाखे' – बबी शाही, नेपालको जीवन्त सांस्कृतिक सम्पदाको सशक्त चित्रण
'साँझदेखि बिहानसम्म' – सुशील श्रेष्ठ, प्रकाश र समयको आकर्षक रूपान्तरण
'जनकपुरधाम' – प्रियाशुं कर्ण, मानवबीचको शान्त सहअस्तित्व
प्रतियोगिताको मूल्याङ्कन वरिष्ठ फोटोग्राफर मीन रत्न बज्राचार्य र नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले गरेका थिए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले फोटो नेपाल सिर्जनात्मक विधासँग जोडिन फोटोग्राफीको माध्यमबाट नेपालको भावना विश्वमा पुर्याउने बोर्डको पहल भएको बताए।
विजेता प्रत्येकले रु. २५,००० नगद पुरस्कार प्राप्त गर्ने बोर्डले बताएको छ।
विजेता फोटोहरू तथा अन्य उत्कृष्ट तस्बिरहरू photo.ntb.gov.np मा हेर्न सकिन्छ।