गाईजात्रा नजिकिँदै गर्दा कलाकारहरू हास्य व्यंग्य प्रस्तुतिको तयारीमा लागेका छन्। विगतमा जस्तै यसवर्ष पनि विभिन्न समूहले गाईजात्रा प्रहसन आयोजना गर्ने तयारी गर्दैछन्।
हास्यकलाकार मनोज गजुरेल र व्यंग्य कवि शैलेन्द्र सिम्खडा समूह यसवर्ष पनि गाईजात्रा प्रहसन लिएर आउँदै छन्।
'८२ सालको गाईजात्रा' नाम दिएर प्रज्ञा भवन कमलादीमा साउन २३ देखि २७ गतेसम्म गाईजात्रा प्रहसन हुने भएको हो।
यसमा मनोज र शैलेन्द्रसहित सुबोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सिता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी , युमी गौतम लगायतको प्रस्तुति रहनेछ।
हास्य कलाकारका साथमा कविसँगै गायक समेत यो गाईजात्रा कार्यक्रममा जोडिएका छन्।
यसवर्ष 'गाईजात्रा' साउन २५ गते मनाइँदै छ।