गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोसिलले म्युजिक डिरेक्सन गरेका हुन् l
देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाई गीतको म्युजिक भिडिओमा देखाइएको छ।
भिडिओमा नायक बवशाल पहारी, बिन्दा खतिवडा, जीवन बस्नेत र किरण शाहीको अभिनय छ।
भविन गुरूङको छायांकन र रञ्जित श्रेष्ठको सम्पादन रहेको भिडिओलाई आरओबीले निर्देशन गरेको गीतको भिडिओलाई गायक मुकेश प्रधानको अफिसियल च्यानल ( INSIDE Mucase ) बाट सार्वजनिक गरिएको हो।