गत मंगलबारदेखि ठप्प सिनेमा हलहरू भोलिदेखि खुल्ने भएका छन्।
हल संचालक र वितरकहरूको संस्था नेपाल चलचित्र संघले सोमबारदेखि सिनेमा हल खुलाउने निर्णय गरेको हो।
आइतबार चलचित्र संघमा भएको छलफलपछि हल खुलाउने निर्णय गरिएको संघका अध्यक्ष नरेन्द्र महर्जनले बताए।
जेनजी आन्दोलनका कारण देशभरका सिनेमा हलहरू ठप्प भएका थिए। आन्दोलका क्रममा केही सिनेमा हलमा क्षति समेत पुगेको छ।