गायिका नितु पौडेललाई जल्दै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ।
शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शनिबार दिउँसो पौने ३ बजे अनामनगरको एउटा स्टुडिओमा एक युवतीले आफैमाथि आगो लगाएको भन्ने सूचना पाए पछि प्रहरी पुगेको थियो।
'खबर पाउनासाथ हामीले त्यहाँबाट दुई जनालाई उद्धार गरेका छौं। युवकले ती युवतीलाई बचाउने प्रयास गरेको भनिएको छ। त्यसबारे अनुसन्धान हुँदैछ,' एसपी भट्टराईले सेतोपाटीसँग भने।
प्रहरीले परिचय बुझ्दा ती युवती नितु पौडेल रहेको भन्ने बुझिएको थियो। युवतीले किन आफैमाथि आगो लगाउने प्रयत्न गरिन् भन्ने अनुसन्धान भइरहेको उनले बताए।
त्यहाँबाट उद्धार गरेर दुवै जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको पनि एसपी भट्टराईले जानकारी दिए।
अर्का उद्धार गरिएको व्यक्ति धनबहादुर गिरी (बाबुल गिरी) रहेको पनि एसपी भट्टराईले जानकारी दिए।
अहिले दुवैको उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए।