अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु भएको छ।
उनको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार पौडेलको निधन शुक्रबार बिहान ८ः ३० बजे भएको हो।
गायिका समेत रहेकी नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर बर्न अस्पताल लगिएको थियो।