युवापुस्ताका चर्चित कमेडियन सुमन कोइरालाले विवाह गरेका छन्।
दर्शकमाझ 'दले दाई' उपनामले परिचित कोइरालाले शनिबार प्रेमिका शोभा गौलीसँग लगनगाँठो कसेका हुन्।
काठमाडौंमा आयोजित वैवाहिक समारोहमा दुवै पक्षका परिवार, आफन्त र केही हाँस्य कलाकारहरूको उपस्थिति रहेको थियो।
इटहरी स्थायी घर भएका सुमन रियालिटी शो 'कमेडी च्याम्पियन' बाट चर्चामा आएका हुन्। हाल उनी ‘कमेडी नाइट्स विथ च्याम्पियन’ मा व्यस्त छन्।
तनहुँ घर भई हाल अमेरिका बस्दै आएकी शोभा र सुमनको भेट 'अब हाँस्छ अमेरिका' कमेडी टुरको सिलसिलामा भएको बताइन्छ।