नेपाल पर्यटन बोर्डले सुष्मा आर्ट ग्यालरीको सहकार्यमा 'फोटो नेपाल इन्टरनेसनल ग्रुप पेन्टिङ प्रदर्शनी' आयोजना गर्ने भएको छ।
आगामी नोभेम्बर २८ देखि ३०, २०२५ सम्म भृकुटीमण्डपस्थित बोर्डको परिसरमा हुने उक्त प्रदर्शनीमा ४५ भन्दा बढी नेपाली कलाकारहरू तथा रूस, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घानाका अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहनेछ।
सांस्कृतिक पहिचान, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय कला आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी बिहान १०:३० बजेबाट दिउँसो ४:३० बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ।