अभिनेत्री पूजा शर्मा वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन्। उनले यही महिना प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन्।
सेतोपाटीसँगको कुराकानीमा पूजाले विवाहको मिति, विवाह समारोह स्थान तय भइसकेको बताइन्। 'यही मंसिर २० गते विवाह गर्दैछौं', पूजाले भनिन्।
भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा विवाह समारोह आयोजना गरिएको छ।
पूजा र युद्ध विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्। यी दुईले मिलेर ललितपुर झम्सिखेलमा 'ट्याग' नामको रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आइरहेका छन्।