कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म 'लोकन्ती' को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'लाजै नमानी' बोलको गीत सार्वजनिक गरिएको हो।
यो गीतमा मेलिना राई र नारायण थापाको स्वर छ। भिडिओमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन्। गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीको संगीत छ।
फिल्म 'लोकन्ती' रञ्जित रानाले निर्देशन गरेका हुन्। काजी लिम्बुले लेखेको कथा रहेको फिल्मलाई पूर्ण पारिवारिक ड्रामाको रूपमा तयार पारिएको निर्माणपक्षले जनाएको छ।
फिल्ममा एसराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रूपाखेती, गोविन्द प्रभातलगायत कलाकारहरूको अभिनय छ। 'लोकन्ती' का निर्माता सन्तोष न्यौपाने हुन्।