अभिनेत्री पूजा शर्मा वैवाहिक सम्बन्धमा बाँधिएकी छन्।
उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी हुन्।
शनिबार भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा विवाह समारोह आयोजना गरिएको छ।
पूजा र युद्ध विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्। यी दुईले मिलेर ललितपुर झम्सिखेलमा 'ट्याग' नामको रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आइरहेका छन्।