शोभित बस्नेत निर्देशित फिल्म 'पिआर' ओटिटी प्लेटफर्म 'एमएसएम भिडियो' मार्फत डिजिटल स्ट्रिमिङ हुने भएको छ।
बिहीबार निर्देशक शोभित र एमएसएम भिडिओका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो।
फिल्म पुस १० गतेबाट ओटिटीमार्फत प्रसारण हुन लागेको शोभितले बताए। हलमा हेर्न नपाएका दर्शकहरूलाई लक्षित गरेर डिजिटल रिलिज गर्न लागिएको हो।
पछिल्लो समय डिजिटल प्लेटफर्म 'एसएमएस भिडिओ' मार्फत फिल्म हेर्ने दर्शक बढिरहेका छन्। यसअघि पनि थुप्रै नेपाली फिल्म रिलिज भइसकेका छन्।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस 'पिआर' मा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा नवीन घायल लगायतको अभिनय छ।
नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, दिक्पाल कार्की लगायत अतिथि भूमिकामा छन्। फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।
यो फिल्म धेरै हलबाट रिलिजको केही दिनमै उत्रिसकेको छ।