वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक परेको छ। उनकी आमा मिटु बास्कोटाको आइतबार बिहान १०६ वर्षको उमेरमा निधन भएको हो।
स्वास्थ्यमा केही समस्या देखिएपछि आइतबार बिहान चाबहिलस्थित ओम अस्पताल पुर्याइएकोमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
आमाको निधनपछि सम्भुजितले फेसबुकमा लेखेका छन्– 'मेरी आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो।'