नेपाली चलचित्रकी पहिलो अभिनेत्री भुवन चन्दलाई पतिशोक परेको छ। उनका श्रीमान हरिष (माइकल) चन्दको ७७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।
क्यान्सरबाट पीडित उनको मेट्रो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
चन्दका तीन छोरीहरू छन्। उनीहरू अमेरिका बस्दै आएका छन्।
अहिले एक छोरी मात्रै नेपालमा रहेका कारण बाँकी दुईजना पनि आएपछि आइतबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
हरिष रेडियो नेपालका प्रसिद्ध समाचारवाचक हुन्। उनी अंग्रेजी समाचारवाचक थिए।