चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको अन्तिम संस्कार दार्जिलिङमा हुँदैछ।
सोमबार बिहान सिलिगुडीको बागडोगरा बिमानस्थलबाट उनको पार्थिव शरीर दार्जिलिङ लगिएको छ। त्यहाँ आयोजित शवयात्रामा उनका हजारौं शुभचिन्तकहरूले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन व्यक्त गरिरहेका छन्।
अन्तिम श्रद्धाञ्जलीका लागि पार्थीव शरीर चौधास्ता (चाउरास्ता) मा राखिने जनाइएको छ।
प्रशान्तको आइतबार ४३ वर्षको उमेरमा दिल्लीमा निधन भएको थियो। 'इण्डियन आइडल' सिजन ३ विजेता उनी लामो समयदेखि गायन तथा अभिनय क्षेत्रमा सक्रिय थिए।