नेपालको चर्चित रक ब्याण्ड '१९७४ एडी' २० वर्षपछि सिक्किममा गुञ्जिएको छ।
बुधबार २२ हजार मानिसहरूको उपस्थितिमा १९७४ एडीले २० वर्षपछि सिक्किममा आफ्नो प्रस्तुति दिएको आयोजकले जनाएको छ।
ब्याण्डले सुरूमा 'तिमीलाई पिरतीले बाँधुला' गीत गाएको थियो। ३० वर्षको संगीत यात्रालाई मनाउने १९७४ एडी साढे दुई वर्षपछि काठमाडौंमा गुञ्जिएको छ।
यसअघि ब्याण्डको ३० वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा अन्तिम पटक काठमाडौंमा गुञ्जिएको थियो।
‘१९७४ एडी’ सन् १९९४ मा स्थापना भएको थियो।
यो ब्याण्डका 'परेलीमा', 'सम्बोधन', 'हिँड्दा हिँड्दै', 'छुँदैन तिम्रो मायाले' लगायतका गीतहरू चर्चित छन्।
ब्याण्ड मेम्बरमा एड्रियन प्रधान, फिरोज स्याङ्देन, संजय श्रेष्ठ, मनोज कुमार केसी, निराकार याकथुङ्बा, मनोज केसी छन्।
तस्बिरहरूः
-1769175011.jpg)
-1769175009.jpg)
-1769175007.jpg)
-1769175009.jpg)
-1769175006.jpg)
-1769175007.jpg)
-1769175012.jpg)