नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको शब्द संगीतमा 'मन जले' बोलको गीत सार्वजनिक भएको छ।
शर्माले आफ्नो युट्युब च्यानल 'विश्वप्रकाश शर्मा अफिसियल' बाट शुक्रबार सहिद दिवसका अवसरमा सो गीत सार्वजनिक गरेका हुन्।
गीतमा राजु लामाले स्वर दिएका छन्। एनिमेटेड भिडिओ निर्देशन मीन भामको छ।
भदौ २३ र २४ को प्रदर्शन र त्यस पछिको नेपालबारे भावनात्मक संवेग बोकेको गीतले मूलतः `नयाँ विश्वास जगाऔं´ भन्ने सन्देश बोकेको छ।
भिडिओः