फिल्म 'आइएम जितबहादुर' को फर्स्टलुक टिजर सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक टिजरमा फिल्मका मुख्य अभिनेता जितु नेपाल प्रस्तुत छन्। उनको पात्रको क्यारेक्टर लुक्सबारे टिजरमा जानकारी दिइएको छ।
कर्मभूमि क्रिएशन प्रा. लि.को ब्यानरमा बनेको 'आइएम जितबहादुर' हिन्दी र बंगाली भाषाका फिल्म निर्देशक शुभेन्दु राज घोषले निर्देशन गरेका हुन्।
निर्माण पक्षका अनुसार यस फिल्ममा कलाकार बन्न गाउँबाट सहर पुगेका एक साधारण युवाको संघर्षको कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ।
फिल्ममा जितुको जोडीका रूपमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छन्। साथमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाललगायत कलाकारहरूको समेत अभिनय छ।
निर्माता जितु स्वयं हुन् भने सह–निर्माता राजन सिम्खडा र दीपेन्द्र अधिकारी हुन्। कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल छन्।
भारतीय सिनेमेटोग्राफर अरविन्दको छायांकन रहेको फिल्म छिट्टै दर्शकमाझ आउने जनाइएको छ।
टिजर ओएसआर डिजिटल युट्युबमा हेर्न सकिन्छ।