काठमाडौंको बबरमहलस्थित कला परिषदमा ‘उर्लँदो नदीसरी, महिला र परिवर्तनका कथाहरू’ शीर्षकको कला प्रदर्शनी भएको छ।
सृजनालयले आयोजना गरेको प्रदर्शनीमा १५ कलाकारले सिर्जना गरेका १० वटा कला–श्रृंखला र १० वटा कथा समेटिएका छन्।
यसले महिलाहरूले आफ्ना जीवनका संघर्ष, अनुभव र नेतृत्वका कथाहरू स्वयं प्रस्तुत गर्ने प्लेटफर्म उपलब्ध गराएको आयोजकले जनाएको छ।
प्रदर्शनीले महिलाको साहस, सिर्जनशीलता र नेतृत्वको सम्मान मात्र नगरी समाजका सबै तहलाई परिवर्तनका लागि आह्वान गरेको छ।
“नेतृत्व भनेको के हो र कसलाई हामी नेता देख्छौं?” भन्ने प्रश्न उठाउँदै यसले सामाजिक सोच परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
क्युरेटर संजिव महर्काजनका अनुसार कलाकारहरूले विभिन्न समुदायमा पुगेर महिलाहरूका कथा, परम्परागत सीप र सिर्जनशील अभ्यासहरू जस्तै बुनाइ, कढाइ, गीत, चित्रकला, ट्याटु, ढुंगामा कुँदाइ आदिबाट प्रेरणा लिएका छन्।
यी अभ्यासहरूलाई प्रायः घरेलु र कम मूल्याङ्कन गरिने भए पनि प्रदर्शनीले तिनलाई सांस्कृतिक ज्ञान र नेतृत्वको रूपमा प्रस्तुत गरेको छ।
तस्बिरहरू:
-1776068854.jpg)
-1776068855.jpg)
-1776068856.jpg)
-1776068856.jpg)
-1776068856.jpg)
-1776068856.jpg)
-1776068856.jpg)
-1776068856.jpg)
-1776068855.jpg)
-1776068855.jpg)
-1776068855.jpg)
-1776068855.jpg)
-1776068855.jpg)
-1776068854.jpg)
-1776068854.jpg)
-1776068854.jpg)
-1776068854.jpg)
-1776068853.jpg)
-1776068853.jpg)