बलिउड अभिनेता अजय देवगनका बुवा तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको छ ।
वीरुको ८५ वर्षको उमेरमा सोमबार मुम्बई मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। मुम्बईस्थित सान्ता क्रुज अस्पतालमा उनको उपचारको क्रममा निधन भएको बताइएको छ। उनी लामो समयदेखि मुटुका रोगी थिए।
वीरुको अन्त्येष्टि सामेबार साँझ भाइल पार्ले वेष्ट क्रिमेटारियममा गरिँदैछ। उनले ८० भन्दा बढी फिल्ममा द्वन्द्वका दृश्यमा कोरियोग्राफी गरेका थिए।
उनले एक्सन चलचित्रका बाहेक १९९९ मा हिन्दुस्तान की कसम भन्ने चलचित्र बनाएका थिए। त्यस चलचित्रमा अजय र अमिताव बच्चनले खेलेका थिए ।