हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मेयर उम्मेदवार मिना लामाले आफ्ना प्रतिस्पर्धीभन्दा २५ मत बढी ल्याएर अग्रता लिएकी छन्।
हालसम्म ११२०५ मत गणना हुँदा लामाले ३३७८ मत ल्याएकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेयर उम्मेदवार दिपकबहादुर सिंहले ३३५३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
यो उपमहानगरमा एमालेका मेयर उम्मेदवार अनन्त पौडेल भने २९७७ मत ल्याएर तेस्रो स्थानमा छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, २०:३३:००