Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, फागुन ३०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

मनमती

Nmb
Nmb
पारु भण्डारी

पारु भण्डारी

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

बरान्डामा बसेर बत्ती कात्दै गरेकी मनमतीलाई भुसुक्कै निन्द्रा लागेर कति बेला पल्टिइन् थाहै भएन। नातिनी रोएको आवाजले उनी बिउझिन्। उता सिमा कराउँदै आइन्।

'हैन, काम नभएपछि बसिबसि एउटा नातिनी हेर्न पनि कति मुस्किल हो, कहीँ नभाकी काम चोर!'

ऐना फुट्दा डराएकी काब्यालाई उसकी आमाले लतार्दै आफ्नो कोठामा लगिन्। मनमती केही बोलिनन् तर भित्रबाट डाको फुट्ने गरी रोइन्। बुढेसकाल लागेको शरीरले आराम खोज्यो, आराम खोज्दा नातिनीलाई धन्न सिसाले नकाटेको। नातिनीलाई त केही भएन तर मनमतीको मनमा भने काम चोर भन्ने शब्दले ठूलो चोट पार्यो।

मनमती रुदैरुदै फुटेका सिसा समेट्दै थिइन्, फुटेका सिसामा उनले आफ्नो आकृति देखिन्। उनी आत्तिइन, फेरि आँसु पुछेर आफ्नो अनुहार हेरिन्। अब भने आफै नै रहिछु भन्ने विश्वास भयो मनमतीलाई। वास्तवमा उनले ऐनामा आफ्नो रुप नहेरेको थुप्रै दशक भइसकेको रहेछ। उनी आफूलाई ऐनामा कुरुप देखेर फेरि रोइन्।

उनी आफूलाई अझै पनि पन्ध्र/सोह्र वर्षकी कल्कलाउँदी सुन्दर मनमती सोच्थिन्। दुख, पीडाले झन् चाउरी भएको त्यो छाला मनमतीको कष्टपूर्ण जीवनका साक्षी थिए। फुटेका हात, खुट्टा, सुकेको शरीरले त झन् काम चोर भन्ने शब्दको बेइज्जत नै गरेका थिए।

भर्खर १५ वर्ष टेकेकी मनमती घाँस काटेर घर आउदै गर्दा आँगनभरि मान्छेको लस्कर थियो। मान्छेहरु कसैले उनको रुप हेर्दै थिए भने कसैले उनले बोकेको भारीको बयान गर्दै थिए। मनमतीले गोठमा लगेर भारी बिसाइन अनि कोठामा छिर्न नपाउँदै उताबाट आमाले 'ए मने बाहिर पाहुनालाई चिया लगिदे भनेर कराइन्।'

भारी बोकेको थकान मेट्न नपाउँदै आमाले थालमा राखिदिएका चियाका गिलास उठाइन् र पाहुनालाई लगिदिइन्। उताबाट आएका लमिले ‘टाढा छ, ढिला नगरौँ, केटी आजै लाने’ भनेर बासँग सल्लाह गर्दै गरेको सुनिन् मनमतीले।

बा-आमाको सल्लाह अनुसार मनमतीको विवाहको रीति पूरा भएपछि श्रीमानको पछि पछि कर्म घर लागिन्। ६ घन्टाको हिँडाइपछि बल्ल घर आइपुग्यो। घरमा स्वागत गर्न बसेका आफन्त र छरछिमेकीले मनमतीको रुपको चर्चा गर्दै थिए, हुन पनि मनमती जुन जस्ती बलेकी स्वर्गकी अप्सारा जस्ति नै थिइन् जवानीमा।

घरमा सासु र लोग्ने थिए। सानो परिवार त थियो तर मनमतीलाई कहिले सुखको साँस र कामको चापबाट मुक्ति मिलेन। सासु जति काम गर्दा पनि जस नदिने र लोग्ने भएको नभएको केही अर्थ थिएन मनमतीलाई।

Ncell
Ncell

मनमतीले लगालग ३ वटा बच्चा जन्माइन्। नातिनातिनाहरु भएपछि सासुको व्यावहार नरम हुन थाल्यो, तर लोग्नेको व्यवहारमा कहिले परिवर्तन आएन। सञ्चो बिसञ्चो केही कुराको वास्ता नै थिएन उनका लोग्नेलाई। लोग्नेको माया कस्तो हुन्छ भन्नेसम्म उनले कहिल्यै थाहा पाइनन्।

आफ्ना बाआमा माइती सबै छाडेर जस्को लागि उनी त्याहाँ थिइन्, उसले कहिले पनि जीवनसाथी हुनुको भूमिका नै खेलेन। घरमा स्वास्नी हुँदाहुँदै पनि मनमतीका लोग्ने बाहिर आँखा डुलाउँदै हिड्थे। दुई वटी त स्वास्नी नै बनाएर ल्याए उनका लोग्नेले, अहिले जस्तो जमाना काहाँ थियो र! लोग्नेले जे गरे नि सहनु पर्थ्यो।

लोग्नेबाट त उनको आश भरोसा नै उडिसकेको थियो तर सासु पनि बितेपछि मनमती झन् एक्ली भइन्। घर, गाईगोठ, खेतीपाती, बच्चाबच्ची मनमतीलाई भ्याइ नभ्याइ भयो। छोराछोरी बोकेरै उनले काम धन्दा भ्याउनु पर्थ्यो।

मनमती दिनभरिको थकानले अ्इया अइया भन्दै रातभरि कराउँथिन्। शरीर दुख्छ, निन्द्रा लाग्दैन, तागतिलो खान केही छैन, शरीर सुकेर लौरी भैसक्यो, साना-साना छोराहरु छन्, लोग्नेलाई केही वास्तै छैन। कहिलेकाहीँ मनमतीलाई विष खाएर मरौँ की झुण्डिएर मरौँ भन्ने मनमा आइराख्थ्यो तर छोराहरुको बिचल्ली होला भनेर कहिले त्यस्तो कदम चालिनन्। अब केबल मनमतीलाई छोराहरुको लागि बाच्नु थियो।

विस्तारै छोराहरु हुर्किदै गए, बिहेवारी भयो, सबै छोराहरु परदेश पसे। छोराहरुले बाको मोबाइलमा फोन गरीराख्थे, मनमतीलाई भने कसैले नि फोनमा कुरा गर्न दिदैँनथे। सबैका आ-आफ्ना मोबाइल थिए, मनमतीलाई नि मोबाइल भए त छोराहरुसँग बोल्न पाउथेँ की भन्ने आश थियो।

एकदिन छिमेकीको मोबाइलबाट छोराहरुलाई मोबाइलको रहर लागेको कुरा बताइन् तर छोराहरुले तिम्ले कुरा गर्न जान्दिनौ, त्यही नि यो बुढेसकालमा किन मोबाइल चाहियो र भनेर उल्टै थर्काए। तेत्रो जिन्दगीभर दुख गरेर हुर्काएका छोराहरुले आमालाई नजान्ने देखे, बासँग घन्टौँ कुराकानी गर्दा एकचोटी आमासँग बोल्छु भन्दैनथे।

आफूले हुर्काएका छोराहरु पनि मनमतीलाई टाढा हुँदै गएको जस्तो लाग्यो। कहिले हात समाएर नडोहोर्याएका बालाई जान्ने सुन्ने देखे तर त्यत्रो दुख कष्ट उठाएर सक्षम बनाएकी आमालाई पाखे देखे। हुन पनि मनमतीको जिन्दगी त्यही पाखोबारीमा दुख गरेरै बित्यो। जे-जस्तो भएनि मनमतीलाई मन भुलाउने बाटो थिइ सानी नातिनी काब्या, जतिखेर नि आमा भन्दै पछि लाग्थी।

तर आजको घटनाले मनमतीलाई कहीँबाट पनि मन भुलाउने बाटो दिएन। जिन्दगीभर थकान, दुख कष्ट र पीडाबाट गुज्रिरहेकी मनमतीलाई आराम गर्ने बेलामा यत्रो वचन सहनु परेको थियो। जिन्दगी नै अरुका लागि समर्पण गरिन्, संघर्षले भरिएको जिन्दगीमा एकदिन सुखको साँस फेर्न पाइनन्।

मनमतीले जिन्दगीको अर्थ खोज्न थालिन, अर्थ त केबल समर्पण, अपमान, दुख, कष्ट मात्रै भेटिन्। संघर्ष आफ्नो ठाउँमा थियो तर जिन्दगीको वास्तविक सुख उनले कहिले नि प्राप्त गरिनन्।

फुटेका सिसा उठाउँदै गरेकी मनमती केही समयपछि त्यहाँबाट हराइन्, साँझसम्म सिमा, काब्या र मनमतीका लोग्नेले खोज्दै थिए तर मनमती कहाँ गइन्, कसैलाई पत्तो भएन।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १४:१९
सिफारिस
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सेवकको शपथ!
जन्मन नपाएकी छोरी!
निर्वाचन सफलताको बधाई!
आश्चर्य!
अब रङ बदल्नेछन्!
सुब्बा साहेबकी प्रेमिका!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP