सरकारले धान लगाउनु अगावै आगामी आर्थिक वर्षको लागि समर्थन मूल्य तोकेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्त सस्मित पोखरेलले जानकारी गराए।
आगामी वर्षको लागि मोटो धानको प्रतिक्विन्टल मूल्य ३६ सय ६० रूपैयाँ तोकेको छ। चालु वर्षको लागि ३४ सय ६३ मूल्य तोकिएको थियो।
मध्यम धानको मूल्य ३८ सय ६० तोकिएको छ। चालु वर्षको लागि ३६ सय २८ तोकिएको थियो।
यो पटक सरकारले छिटो गरी धानको समर्थन मूल्य तोकिदिएको हो।