काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा नाडा अटो शो २०२३ जारी छ।
मंगलबारदेखि चलिरहेको अटो शो आगामी भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। तीन दिनदेखि सुरू भएको अटो नाडा शोमा ३४ हजार २०० ले* अवलोकन गरिसकेका छन्। बिहीबार मात्रै १४ हजार बढीले अवलोकन गरेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए।
उनका अनुसार विद्युतीय गाडीहरू यस अटो शोका मुख्य आकर्षण बनेको छ।
प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल छ भने सह-प्रायोजक शिखर इन्स्योरेन्स कम्पनी छ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू छन्। प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत छ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चारपांग्रे, २२ वटा ब्राण्डका दुईपांग्रे, सातवटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता छ।
कम्पनीहरूले नाडा अटो शोमा नयाँ मोडलका गाडीहरू समेत सार्वजनिक गरेका छन्।
तस्बिरहरू:
-1694698604.jpg)
-1694698605.jpg)
-1694698605.jpg)
-1694698604.jpg)
-1694698604.jpg)
-1694698604.jpg)
-1694698603.jpg)
-1694698603.jpg)
-1694698602.jpg)
-1694698602.jpg)
-1694698603.jpg)
-1694698603.jpg)
-1694698601.jpg)
-1694698601.jpg)
-1694698601.jpg)
-1694698601.jpg)
*सच्याइएको