भक्तपुरको बोडेस्थिति होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी आन्दोलित भएका छन्।
सरकारले उनीहरूलाई होल्डिङ सेन्टर खाली गर्न आजसम्मको अल्टिमेटम दिएको थियो।
विकल्प नदिई होल्डिङ सेन्टर खाली गराउन भनेपछि सुकुम्बासीहरूले प्रदर्शन गरेका हुन्।
दिउँसै प्रहरीको टोली पनि होल्डिङ सेन्टर गएको पुगेको छ।
होल्डिङ सेन्टर खाली गर्न आजसम्मको अल्टिमेटम दिएको सरकारले आज होल्डिङ सेन्टरमा सुकुम्बासीका लागि खाना पनि रोकेको छ।
यसअघि शान्ति सेवा गृहले खुवाउँदै आएको थियो।
खाना पनि रोकिएपछि शुक्रबार केही परिवारले आफैं व्यवस्था गरेर खाएका छन् भने केही भोकै बसेका थिए।
दिउँसो उनीहरूले सहयोगमार्फत आएको चिउरा सडकमै बसेर खाएका छन्।
चिउरा खाँदै उनीहरूले प्रदर्शन पनि गरिरहेका छन्।
तस्बिरहरूः
-ink-1795771991.jpeg)
-ink-1795771990.jpeg)
-ink-1795771990.jpeg)
-ink-1795771990.jpeg)
-ink-1795771990.jpeg)
-ink-1795771990.jpeg)
-ink-1795771990.jpeg)
-ink-1795771990.jpeg)
-ink-1795771990.jpeg)
-ink-1795771989.jpeg)
-ink-1795771989.jpeg)
-ink-1795771989.jpeg)
-ink-1795771988.jpeg)
-ink-1795771988.jpeg)
-ink-1795771989.jpeg)