शेयर बजारको परिसूचक नेप्से आज ८ अंकले घटेको छ। सो अंक घटेसंगै नेप्से १२७५ अंकमा कायम भएको छ।
‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १.४३ अंकले घटेर ०.५२ अंकमा कायम भएको छ। आज १७३ कम्पनीको २० लाख ७२ हजार ३ सय ४ कित्ता शेयर ६१ करोड ३ लाख ४७ हजार ३ सय ३४ रुपैयाँमा कारोबार भएको छ।
जम्मा ११ उपसमूहको कारोबार भएकोमा ८ उपसमूह घटेका छन् भने ३ उपसमूह बढेका छन्।
बैंकिङ ५.६१, होटेल्स ३४.०६, हाइड्रोपावर १६.२९, फाइनान्स ७.४९, निर्जीवन बीमा १२४.३८ अन्य ६.६१, माइक्रो फाइनान्स ११.४९, जीवन बीमा ६२.४३ अंकले घटेका छन् भने बिकास बैंक ४.४७, उत्पादन १५.५५, सामूहिक कोष ०.०७ अंकले बढेका छन्।
आज सबै भन्दा बढी कारोबार एनआइसी एशिया बैंकको (४ करोड)भएको छ।
त्यस्तै सबै भन्दा बढी नाफा कमाउने कम्पनीमा वल्र्ड मर्चेन्ड बैंकिङका लगानीकर्ता रहे भने सबै भन्दा बढी गुमाउनेमा तारागोन रेजेन्सी होटलका लगानीकर्ता रहे।