एनएमबी बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच एकीकृत कारोबार सुरु भएको छ।
गएको शनिबारदेखि एकीकृत कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ।
यी दुई संस्था गाभिएपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५३ करोड भएको छ। भने कूल पुँजी २० अर्ब पुगेको छ।
एनएमबी बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४, गण्डकी प्रदेशमा ३९ र पाँच नम्बर प्रदेशमा २९ गरी कूल १६३ शाखा पुगेका छन्।