एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकले आइतबार बसेको संचालनक समितिको बैंठकले गत वर्षको नाफाबाट शेयरधनीलाई यो लाभांश दिन प्रस्ताव गरेको हो।
बैंकले चुक्ता पूँजीको २१ प्रतिशत वोनस र वोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश दिने बताएको छ ।
बैंककाअनुसार प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी वार्षिक साधारण सभाले अनुमोदन भएर मात्रै शेयरधनिले पाउनेछन्।