प्रभु बैंक लिमिटेडले आफ्नो २१०औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बैंकको लिवाङ शाखा कार्यालयको उद्धघाटन सोमबार रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरे।
उद्धघाटनका कार्यक्रममा उनले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गरेर आममानिस समक्ष सरल र सहज रुपमा दिएको बैंकिङ्ग सेवा प्रशंसनीय रहेको बताए।
यो सेवाले देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै केसीले बैंकलाई सफलताको शुभकामना दिए।