दुर्घटनामा परेर असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई मेगा बैंकले बिमा बापत सात लाख रुपैयाँ दावी भुक्तानी गरेको छ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम उक्त रकम हस्तारन्तरण गरेको हो।
मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले मृत्यु भएका ग्राहक हिमालयकी श्रीमती ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन्।
संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो।
न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ।