आज सेयर बजार घटेको छ। मंगलबार सेयर बजारको परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ पुगेको छ।
दिनभरमा २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० सेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ ८६ पैसाको कारोबार भएको छ।
त्यस्तै, मंगलबार कारोबार भएका कुल कम्पनीमध्ये १४१ कम्पनीको मूल्य घटेको छ भने जम्मा ४५ कम्पनीको मूल्य बढेको छ। बाँकी ३ कम्पनीको मूल्य स्थिर छ।
आज सामलिङ पावर कम्पनीको मूल्य ९.४९ प्रतिशत बढेको छ। मध्य भोटेकोशी जलविद्युत कम्पनीको मूल्य ८.११ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपि पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २८ करोड ११ लाख ३९ हजार १३१ रुपैयाँ ७० पैसाको कारोबार भएको हो।
यसपछि अरुन भ्याली हाइड्रोपावरको २५ करोड ७१ लाख ४२ हजार ४२१ रुपैयाँ २० पैसा, एनटिसीको २५ करोड १९ लाख ३४ हजार ६३२ रुपैयाँ ७० पैसा, आइएमई जेनरल इन्स्युरेन्सको २४ करोड ५६ लाख ३२ हजार १५८ रुपैयाँ ६० पैसा र हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड ४८ लाख २३ हजार २४९ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८, ०५:२६:२४