मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रममार्फत सहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी हरूलाई प्राथमिकतामा राखेर योगदान पुर्याउँदै आएको छ।
बैंकले विगत डेढ दशकदेखि घरघरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशिलता विकासमा योगदान दिँदै आएको जनाएको छ।
यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ गर्ने, कफीजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने, आयात सम्बन्धी क्रियाकलाप गर्नेलाई तालिम दिई व्यवसायी बनाउँदै आएको कफी सोलुसन प्रालिसँग सम्झौता गरेको छ।
कफी सोलुसनले कफी सम्बन्धी ब्यवसाय सञ्चालन गर्न ईच्छुक व्यक्तिहरूलाई छनोट गरी आवश्यक तालिम दिँदै आएको छ। र मेसिन समेत उपलब्ध गराउँछ।
बैंकले उक्त मेसिनको लागतको ५० प्रतिशत सम्म रकम ब्यवसायीलाई बिनाधितो ऋण स्वरुप उपलब्ध गराउने जनाएको छ।
ऋण लिएर ब्यवसाय सुरू गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने ब्यवस्था गरेको छ।
यसबाट साना व्यवसायीहरूको दैनिक जिविकोपार्जन हुनुका साथै स्वरोजगार श्रृजनामा सहयोग पुग्ने विश्वास लिइएको छ।
साथै भविष्यमा ठूला व्यवसायीको रुपमा रुपान्तरित हुन समेत सहज पुग्ने विश्वास छ।
जसबाट उद्यमशिलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले विश्वास व्यक्त गरे।
यो बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न नेपालभरका सबै भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकका एटिएमबाट निःशुल्क रकम निकाल्न मिल्ने व्यवस्था मिलाएको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ क्युआरकोड, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।