बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ४ अर्ब २ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ३८ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३७ वटा धितोपत्रको ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर किनबेच भएको हो।
आज ५९ कम्पनीको सेयरमूल्य बढेको छ भने २०६ वटाको घटेको छ। यस्तै ११ कम्पनी स्थिर छन्।
एभरेस्ट कलरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य एक हजार १३८ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य २.८८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६६१ रूपैयाँ कायम भएको छ।
यसैगरी, कालिन्चोक हाइड्रोपावरकोे मूल्य सर्वाधिक १४.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९०२ रूपैयाँमा झरेको छ।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.६८ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार १५० रूपैयाँमा सीमित भएको छ।
बिहीबार रिलायन्स स्पिनिंग मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता तीन हजार २४ रूपैयाँमा २४ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०१ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ।
उक्त कम्पनीको एक हजार १५० रूपैयाँमा १५ करोड ३३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.२० प्रतिशतले घटेको छ।