एनआइसी एसिया बैंकले उदयपुरस्थित श्री जाल्पा जन माध्यमिक विद्यालय (०–१०) अजिंगरेलाई स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चौदण्डीगढी–४, बसाहा, उदयपुरस्थित श्री जाल्पा जन माध्यमिक विद्यालय (०–१०) अजिंगरेलाई विद्यार्थीहरूको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको हो।
हाल २२२ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत उक्त विद्यालयमा गत कात्तिक १२ गते एक विशेष कार्यक्रमकाबीच यस बैंकका लहान सर्कल हेड लेखराज पौडेल र गाईघाट शाखा प्रमुख तेजेन्द्र राईले संयुक्त रूपमा उक्त विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार ओझालाई एक थान स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरे।
बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।