निरन्तर बढ्ने क्रममा रहेको सेयर बजारमा शुक्रबार भने सामान्य करेक्सन आएको छ।
लगातार बढिरहेको बजारमा लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा करेक्सन आएको हो।
आज नेप्से ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा पुगेको हो।
कारोबार रकम भने गत साढे ६ महिनाकै उच्च भएको छ।
शुक्रबार ८ अर्ब ८९ करोड रकमको कारोबार भएको छ। यसअघि २०८३ वैशाख ३ गते साढे ९ रूपैयाँको कारोबार भएको थियो।
बिहीबार ८ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको थियो।
यसदिन ३४८ वटा धितोपत्रको दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ वटाको घटेको छ। यस्तै, ८ कम्पनी स्थिर छन्।
बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७०९ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, स्वाभिमान लघुवित्तको मूल्य १२.११ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ५०० रूपैयाँ कायम भएको छ।
यसदिन मेन्छियाम हाइड्रोपावरको मूल्य सर्वाधिक ४.०८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २५६ रूपैयाँ पुगेको छ।
यसैगरी, सुपर खुदी हाइड्रोपावरको मूल्य ३.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७१२ रूपैयाँमा सीमित भएको छ।
शुक्रबार लुम्बिनी विकासको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ५५० रूपैयाँमा ३८ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्टरहेको छ। उक्त कम्पनीको ७०५ रूपैयाँमा ३० करोड ३९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको घटेको छ।
यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ।