शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ३ अर्ब ३८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ७५ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३७ वटा धितोपत्रको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर किनबेच भएको हो।
आज १८० कम्पनीको सेयरमूल्य बढेको छ भने ८२ वटाको घटेको छ। यस्तै १३ कम्पनी स्थिर छन्।
एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य एक हजार ३०९ रूपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, लक्ष्मी भ्यालु फण्डको मूल्य ८ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ८६ पैसा कायम भएको छ।
यसैगरी, बोटलर्स नेपाल तराईकोे मूल्य सर्वाधिक ५.३३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ११ हजार रूपैयाँमा झरेको छ।
यसैगरी, कालिन्चोक हाइड्रोपावरको मूल्य ३.५५ प्रतिशतले घटेर कित्ता मूल्य ८७० रूपैयाँमा सीमित भएको छ।
शुक्रबार रिडी पनवरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३७० रूपैयाँमा १७ करोड २६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ।
उक्त कम्पनीको २६२ रूपैयाँमा १५ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।