सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि दोहोरो अंकले बढेको छ।
नेप्से परिसूचक सोमबार २५.५५ अंकले बढेर २५८५ विन्दुमा पुगेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारको लागि प्याकेज लिएर आउने केही समय अगाडि घोषणा गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।
सँगसँगै प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रलाई विश्वासमा लिने प्रयास स्वरूप व्यवसायहरूसँग भेटघाट बढाएसँगै लगानीकर्ताहरू सकारात्मक बनेका हुन्।
सेयर बजारमा धेरैजसो कम्पनीहरूको मूल्य न्युन विन्दुमा आएको र कम्पनीहरूले लाभांश घोषणा गर्न थालेपछि पनि बजारमा क्रमशः सुधार देखिँदै गएको हो।
सोमबार सेयर बजारमा ४ अर्ब ६८ करोडको कारोबार भएको छ। यसअघि ४ अर्ब २६ करोडको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये २२६ वटाको कम्पनीको सेयर मूल्य बढेको छ। ४७ वटको घटेको छ भने दुइटामा परिवर्तन देखिएको छैन।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ६.४३ प्रतिशतले बढेर ९२५ रूपैयाँमा कारोबार भएको छ।
उपकार लघुवित्तको सबैभन्दा धेरै ८.२३ प्रतिशतले मूल्य घटेर २५३६ रूपैयाँमा कारोबार भएको छ।
एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेड र लिबर्टी इनजीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ।
एनआरएनको २४ करोड ९० लाख रूपैयाँ र लिबर्टीको २३ करोड ८४ लाख रूपैयाँको कारोबार भएको हो।