कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले २.१०५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।
बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।