बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २१.१९ अंकले घटेर २६१२.२ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ८ अर्ब २९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४७ वटा धितोपत्रको दुई करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७४५ रूपैयाँ पुगेको छ।
यस्तै, हिमाल दोलखा हाइड्रोपावरको मूल्य ५.३१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २२८ रूपैयाँ कायम भएको छ।
यसदिन एनएमबी हाइब्रिड फण्ड एल२ को सेयर मूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ।
उक्त इकाइको मूल्य ८ रूपैयाँ ४७ पैसा पुगेको छ।
यसैगरी, रिज लाइन इनर्जीको मूल्य ५.२१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७८४ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
बुधबार हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २२८ रूपैयाँमा ३७ करोड ९५ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको दुई हजार ८१० रूपैयाँमा २५ करोड १० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नप्से घटेको हो।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको छ।