सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले सेयरधनीहरूलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमध्ये ३.८० प्रतिशत बोनस शेयर रहेको छ भने ०.२० प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।