कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभा आज (बुधबार) काठमाडौंमा सम्पन्न भएको छ।
बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा सेयरधनीहरूलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ।
साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्षको २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरू पारित गरेको छ।