सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) रहेको छ।
त्यसैगरी, अग्राधिकार सेयरको लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।